punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको पुनर्वास ९ बिचफाँटामा सशस्त्र प्रहरीको बर्डर आउट पोष्ट स्थापना

Chaupati
safha napa

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ बिचफाँटामा शनिबार सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ ।बोर्डर आउट पोष्ट स्थापना भएपछि बिचफाँटाका स्थानिय वासीहरु हर्षित भएका छन ।

सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि न्युनीकरणका लागि सिमाक्षेत्रमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वार्टर शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीर सिंह शाहुले बताए ।उनले भारतसंग सीमा जोडिएका कञ्चनपुरका जम्मा १३ स्थानमा बिओपी रहने गरी काम भइरहेको बताए ।

नेपाल–भारत सीमाक्षेत्रमा बिओपी स्थापनाले सिमाक्षेत्रको रक्षा तथा सिमाक्षेत्रमा हुने अपराधिक गतिविधिमा कमि आउने सुदूरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङले विश्वास व्यक्त गरे ।

पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले पुनर्वासको बिभिन्न ठाउमा भारतीय प्रहरी एसएसबीले समय समयम सिमा अतिक्रमण गर्दै आएका कारण सशस्त्र प्रहरीको बर्डर आउट पोष्ट स्थापना गर्न जरुरी रहेको उनले बताए । तेही स्वरुप बर्डर आउट पोष्ट  स्थापना गरिएको बताए। पुर्नवासका ६ स्थानमा बिओपी स्थापना भइसकेका सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख गोविन्द क्षेत्रीले बताए ।


१८ माघ २०७६, शनिवार ११:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु