धनगढीमा दुई दिने शैक्षिक मेला हुने

धनगढी : हिमालयन एजुकेसन ट्रेडिङ एण्ड रिसर्च सेन्टर प्रा लीको आयोजनामा दुई दिने शैक्षिक मेला हुने भएको छ ।बिद्यार्थीहरु लाई बिभिन्न शैक्षिक परामर्श दिने उदेश्यले माघ २२ र २३ गते धनगढीमा शैक्षिक मेला हुने आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

शैक्षिक मेलामा धनगढी लगाएत काठमाडौ र छिमेकी राष्ट्र भारतका शैक्षिक संस्थाहरुबाट सहभागीता रहने हिमालयन् एजुकेशन ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रा लि का प्रबन्ध निर्देशक भरतराज जोशीले बताए । धनगढी को जलसा होटलमा हुने शैक्षिक मेलामा निःशुल्क प्रबेश रहेको आयोजकले जनाएको छ ।


१८ माघ २०७६, शनिवार १२:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु