भोली राष्ट्रपति भण्डारी कैलाली आउँदैं

धनगढी : बुधबार राष्ट्रपति विद्या भण्डारी कैलाली आउने भएकी छिन । धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्न राष्ट्रपति भण्डारी धनगढी आउन लागेकी हुन । उनले भोली १२ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै २ बजे धनगढीमा रहेको शिवनगर खानेपानी आयोजनाको निरिक्षण गर्ने कार्यक्रम रहेको छ ।

१६ गते सम्म सुदूपश्चिमा रहने कार्यक्रम अन्तरगत राष्ट्रपति भण्डारी १५ गते दार्चुला र बैतडी जाने कार्यक्रम रहेको छ । जसअन्तरगत दार्चुला स्थित मालिकार्जुनको दर्शन, मालिकार्जुन माविको निरिक्षण, बैतडीको त्रिपुरासुन्दरी भगवतीको दर्शन, बैतडीको पाटनमा रहेको प्राविधिक शिक्षालयको भवन उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै १६ गते डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन र कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयबाट सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पठाईएको सहजीकरण पत्रमा उल्लेख छ ।


१३ फागुन २०७६, मंगलवार १२:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु