कृषि विज्ञ यमुना घले नेपाल कृषि अनुसन्धान परिषद्मा मनोनित

धनगढी : कृषि विज्ञ यमुना घले नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यमा मनोनित भएकी छन् । नेपाल सरकार, मन्त्री परिषद्को मिति २०७६ फागुन ५ गते बसेको बैठकले घलेलाई नार्कको सदस्यमा मनोनयन गरेको हो ।

२८ वर्षदेखि समुदायमा रहेर कृषि तथा खाद्य सुरक्षाको सवालमा काम गरिरहेकी घले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनबाट ‘खाद्य सुरक्षाको शासन पद्दती’मा विद्यावारिधी पनि गर्दैछिन् ।उनी खाद्य अधिकार, भूमि अधिकार, जनजाती अधिकार लगायत विभिन्न किसानका संघ संगठनहरुसंग मिलेर कृषि नीतिलाई लैंगिकमैत्री बनाउन काम गर्दै आइरहेकी छन् ।

एक्सन एड, स्वीस राजदुतावास, कृषि विकास कोष, विश्व बैंक लगायत अन्तराष्ट्रिय गैर सरकारी संस्थामा काम गरिसकेकी घले यतिबेला यूएन ओमनमा लैंगिक समानता सम्बन्धी राष्ट्रिय दस्तातेज बनाउने काममा सहभागी छन् । परिषद्मा मनोनयनपछि कुरा गर्दै घलेले आफ्नो कार्य अनुभव, दक्षता र क्षमताको आधारमा परिषद्को विकास र कृषि अनुसन्धानको क्षेत्रमा सकारात्मक भएर काम गर्ने प्रतिक्रिया दिइन् ।

यस्तै मन्त्री परिषद्को सोही बैठकले डा. स्वयम प्रकाश श्रेष्ठ, डा. युगनाथ घिमिरे, गोबिन्द के. सी., डा. बिनायकप्रसाद राजभण्डारी, चुन्नप्रसाद शर्मा र डा. कृष्णप्रसाद पौडेललाई पनि नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यमा मनोनित गरेको छ ।


१३ फागुन २०७६, मंगलवार ०३:५४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु