punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खप्तड गोल्डकप : विवेकको ह्याट्रिकमा नव जनजागृती क्वाटरफाइनलमा प्रवेश

Chaupati
safha napa

धनगढी : नव जनजागृति युवा क्लब नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा आइतबार भएको तेस्रो खेलमा फराकिलो जित हात पार्दै मोफसल क्लब अन्तिम आठमा पुगेको हो।

सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा भइरहेको सर्वाधिक धनराशिको गोल्डकपको तेस्रो दिन भएको खेलमा नव जनजागृती युवा क्लबले मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ४–० को फराकिलो अन्तरले हराएको हो।

नव जनजागृतीको जितमा विवेक चौधरीले ह्याट्रिक गरे। यस्तै एक गोल सागर चौधरीको नाममा रह्यो। पहिलो हाफमा मदन भण्डारीसँग गोलरहित बराबरी खेलेको नव जनजागृतीले दोस्रो हाफमा भने लगातार गोल ग¥यो। खेलको ५२औं मिनेटमा सागरले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

मदन भण्डारी स्पोर्ट्सका गोलरक्षक विशाल सुनुवार अगाडी बढेको फाइदा उठाउँदै सागरले सहज गोल गरे। खेलको ५९औं मिनेटमा विवेकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। मदन भण्डारीका गोलरक्षक र डिफेन्डरको तालमेल नमिल्दाको फाइदा विवेकले उठाए।

खेलको ७२औं मिनेटमा विवेकले व्यक्तीगत दोस्रो गोल गर्दै जन जागृतिलाई ३–० को अग्रता दिलाए। त्यसपछि खेलको ८० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै विवेकले ह्याट्रिक पुरा गर्दै टोलीलाई ४–० को फराकिलो जित दिलाए।

मदन भण्डारी स्पोर्ट्सका गोलरक्षक विशाल सुनुवारले फल गरेपछि पाइएको पेनाल्टीलाई विवेकले गोल गर्दै ह्याट्रिक पुरा गरे। मदन भण्डारी स्पोर्टस एकेडेमीले भने पहिलो हाफमा पाएको पेनाल्टीमा गोल गर्न सकेन। खेलको ३५ औं मिनेटमा जन जागृतिका मनोज चौधरीले विवेक पुनलाई लडाएपछि पाएको पेनाल्टीमा मदन भण्डारीका कप्ता अशिम गुरुङ गोल गर्न चुके।

उसको प्रहार नव जनजागृतिका गोलरक्षक दिल मनि चौधरीले बचाएका थिए। प्रतियोगितामा पहिलो ह्याट्रिक गरेका नव जनजागृतीका विवेक चौधरी खेलको म्यान अफ दि म्याच चुनिए। उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरे।

अब सेमिफाइनल प्रवेशका लागि नव जनजागृतीले थ्री स्टार क्लबको सामना गर्नेछ। थ्री स्टारले पहिलो चरणमा वाइ पाएको छ। प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार गोर्खा ब्वाईज रुपन्देही र सुनौलो संगम वुटबलबीच प्रतिस्पर्धा हुने आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ। धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ।

प्रतियोगिता हेर्नका लागि टिकट काट्ने दर्शकहरुमध्येबाट गोलाप्रथाद्धारा एक जनाले १३ हजास पाँच सय मुल्य पर्ने रियलमी मोवाईल पाईरहेका छन् भने एक÷एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होलवडी चेकजाँचको सुविधा समेत पाईरहेका छन्।

वराही नेटले गोल्डकपको टिकटको अर्धकट्टी देखाएमा एक वर्षमा तीन महिना निशुल्क ईन्टरनेटको समेत सुविधा दिईरहेको छ। नेपाल आईस मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ। प्रतियोगिताको प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ।

यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ अफिसियल वैंकमा सनराईज वैंक हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट रहेको छ। सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ।


११ फागुन २०७६, आइतवार १३:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु