विकास अवरुद्ध गर्नु पनि मानवअधिकार बिरुद्धको कार्य हो : नगरप्रमुख वड

धनगढी : धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले विकास निर्माणका कामहरु अवरुद्ध गर्ने पनि मानवअधिकार बिरुद्धको गतिविधी भएको बताए । एमनेष्टी ईन्टरनेशनल धनगढीले आयोजना गरेको सन् २०१९ मा नेपालमा मानवअधिकारको अवस्थाका बारेमा छलफल तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन ।

नगर प्रमुख वडले धनगढी उप–महानगरपालिका क्षेत्रमा निर्माण भएका सडकहरुको बिचमा पर्ने २ सय ६५ ओटा सुकेका रुखहरु हटाउनका लागि जिल्ला बन कार्यालयलाई अनुरोध गरेको दुई बर्ष नाघी सक्दा समेत रुख हटाउन कुनै पहल नगरेको बताए ।

उनले ती रुखहरु नहटाउदा दुई बर्षको अवधिमा रुखमा ठोक्किएर ७ जनाको मृत्यु भएको बताए । सडकको स्तरोउन्नती र अन्य विकासका काम गर्न खोज्दा धनगढी उप–महानगरपालिका र स्वयं मेरा बिरुद्ध १८ वटा मुद्धा अदालतमा रहेको बताउदै नगर प्रमुख वडले ती सबै बिकास बिरोधी रहेको भन्दै यसबाट बिकास चाहनेहरुको मानव अधिकार हनन भएको बताए ।

नगरप्रमुख वडले ऐलानी जग्गा कब्जा गर्ने , सडकमा पर्खाल लगाउने, सार्बजनिक जग्गा हडप्नेहरुको पक्षमा मानवअधिकारकर्मीहरुले वकालत गर्ने गरेको भन्दै उनले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकारमा अवरोध गर्न नहुने भन्ने कुरा बिर्सने गरेको आरोप लगाए ।


११ फागुन २०७६, आइतवार १०:२६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु