नेपाल अपांग महिला संघको अध्यक्षमा टीका दाहाल

काठमाडौं : नेपाल अपांग महिला संघको अध्यक्षमा अभियन्ता टीका दाहाल चयन भएकी छन् ।
अपांगता भएका व्यक्तिहरुको महिलाहरुको अधिकारको क्षेत्रमा क्रियाशील संस्था नेपाल अपांग महिला संघको २० औं साधारण सभा तथा १० औं महाधिवेशनले दाहालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा निर्मला ज्ञवाली, महासचिवमा मिना पौडेल, कोषाध्यक्षमा शोभा खतिवडा निर्वाचित भएका छन् । कल्पना ढकाल, विनिता शर्मा र दीपा देवकोटा सदस्यमा निर्वाचत भएका छन् ।

अध्यक्षमा निर्वाचित दाहालले स्थानीय, प्रदेश र संघीय सरकारमा अपांगता भएका महिलाका विषय समावेश गर्न पहल गर्ने बताइन् ।


११ फागुन २०७६, आइतवार १३:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु