बैतडीको झुलाघाट नाकामा कोराना भाइरस सहायता कक्ष

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोराना भाइरस जाँचका लागि ‘सहायता कक्ष’ स्थापना गरिएको छ । दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्त रुपमा सहायता कक्ष स्थापना गरेको हो ।

सहायता कक्षमा भारतबाट फर्किने सबै नागरिकको स्वास्थ्य परीक्षण हुने जनाइएको छ । नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट सहायता कक्षमा दुईजना स्वास्थ्यकर्मी खटाइएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए ।

कोरोना भाइरसको संक्रमणका बारेमा सचेतना फैलाउन र भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको उनले बताए ।


११ फागुन २०७६, आइतवार ०९:४६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु