कैलाली प्रहरीले लागु औषध खैरो हेरोहिन सहित ५ जनालाई पक्राउ

धनगढी : कैलाली प्रहरीले लागु औषध खैरो हेरोहिन सहित ५ जनालाई पक्राउ गरेको छ ।धनगढी उपमहानगरपालीका वडा नम्बर ४ स्थित अछाम होटेलबाट धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने बर्ष ३३ का सुनिल कुँवर र अछाम चौरपाटी गाउँपालिका ४ घर भएका सोही होटेलका संचालक बिजय साउँदबाट ३ ग्राम ४१० मिलिग्राम लागु औषध खैरो हेरोहिन प्रहरीले बरामद गरेको हो ।

यस्तै प्रहरीले सोही होटेलबाट धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने बर्ष ३० का रोसन सिंह , बर्ष ३२ को करन देउबा र बर्ष ३६ को शुभास को साथ बाट १५० मिलिग्राम लागु औषध खैरो हेरोहिन बरामद गरेको छ ।उनिहरुको बारे जिल्ला प्रहरी कार्यालयमा कैलालीले थप अनुसन्धान भईरहेको जनाएको छ ।


११ फागुन २०७६, आइतवार ०२:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु