धनगढीमा हुने विश्व नेपाली साहित्य सम्मेलनको लोगो सार्वजनिक

धनगढी : धनगढीमा हुने विश्व नेपाली साहित्य सम्मेलनको लोगो सार्वजनिक गरिएको छ ।यही फागुन १४ गते देखि २० गते सम्म हुने साहित्य सम्मेलनको आज पत्रकार सम्मेलन गरी लोगो सार्वजनिक गरिएको हो ।

सुदूरपश्चिमको कला र संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यले धनगढीमा ६ दिन सम्म साहित्य सम्मेलन हुने भएको हो । साहित्य सम्मेलन आउन केही दिन बाकी रहेका बेला सम्मेलनको तयारी पनि तीव्र पारिएको कार्यक्रम संयोजक यज्ञराज जोशीले बताउनुभयो ।महोत्सवमा देशभित्रका २०० बढी साहित्यकारको सहभागिता रहने जनाइएको छ ।

साथै भारतको सिलगुडी, दार्जिलिङ, सिक्किम, असाम, मेघालय, मणिपुर, भुटान, बर्मा, अमेरिका, बङ्गलादेश लगायतका देशका साहित्यकार आउने जनाएको छ । सो कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्य तालीका रहेको आयोजक सुदूर पश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिनुभयो ।


१० फागुन २०७६, शनिवार १२:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु