नेपाल आईस चौथो खप्तड गोल्डकपः साविक उपविजेता एपिएफ क्वाटरफाईनलमा

धनगढी :धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमा एपीएफले एनआरटी क्लबलाई पराजित गरेको छ । आज धनगढीस्थित क्षेत्रीय रङ्गशालामा भएको खेलमा एपीएफले २–१ गोल अन्तरले एनआरटीलाई पराजित गरेको हो ।

एपीएफको जितमा दोस्रो हाफको ६१ औं मिनेटमा रमेश डङ्गाल र ६७ औं मिनेटमा बिकु तामाङले गोल गरे । खेलमा म्यान अफ द म्याचको उपाधि डङ्गालको पोल्टामा गयो । उनले नगद १० हजार रुपियाँ पुरस्कार हात पारे ।

यसअघि, पहिलो हापको ३९ औं मिनेटमा दर्शन गुरुङको गोलमार्फत अग्रता लिएको एनआरटीले त्यो अग्रतालाई जोगाउन सकेन । खेलको दोस्रो हाफमा एपीएफ एनआरटीमाथि हाबी देखिएको थियो । आइतबार जनजागृति युवा क्लब र मदन भण्डारी स्पोर्ट्स एकेडेमीबीच खेल हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले जानकारी दिएको छ । खेलको विजेता टोलीले नगद २१ लाख एक सय रुपियाँ र उपविजेताले १० लाख एक सय रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।


१० फागुन २०७६, शनिवार १२:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु