सुनको मूल्यमा नयाँ कीर्तिमान
नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान मनाएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ७७ हजार ६०० रुपैयाँ पुगेको हो ।
यसअघि बुधबार सुन तोलामा ७७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजावी सुन तोलामा ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा रु १० बढेर तोलामा ९१५ रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य अझै बढ्न सक्ने बताइएको छ ।
८ फागुन २०७६, बिहीवार ०८:२८ बजे प्रकाशित