पेट्रोल,डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौ :बजारमा इन्धनको मूल्यमा सामान्य गिरावट आएको छ । स्वाचालित मूल्य प्रणाली अनुसार पेट्रोल/डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले घटाएका छौ,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले भने,‘नयाँ मूल्य सोमबार राति १२ बजेदेखि नै लागू हुनेछ ।’नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य घटेको जनाउँदै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।

समायोजन पश्चात पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर ९७/९७ रुपैयाँ कायम गरेको निगमले जनाएको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।


५ फागुन २०७६, सोमवार १५:२० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु