punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चौथो सुदुरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको ट्रफी सार्वजनिक

Chaupati
safha napa

घरेलु नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशीको नेपाल आईस चौथो सुदुरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको सोमबार ट्रफी सार्वजनिक गरेको छ ।

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले सोमबार आयोजित पत्रकार सम्मेलनमा गर्दै प्रतियोगिताका लागि लगभग सबै तयारी पुरा भएको जनाएको छ ।

धनगढी रगशालामा फागुन ९ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा सर्लाहीको बागमति क्लब र भारतको कन्चनजंगा एफसीबीच हुनेछ । जसको विजेताले सेमिफाईनल प्रवेशको लागि नेपाल आईस सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्ने छ । जुन खेल फागुन १३ गते हुनेछ ।

चौधरी गुप्रको नेपाल आइसले मुख्य प्रायोजन गरेको प्रतियोगितामा दुई विदेशी सहित १२ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया र दोस्रो हुने टोलीले १० लाख १ रुपैँया प्राप्त गर्नेछन् ।

आयोजक क्लबका महासचिव प्रकाश शाहीका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीले १५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

फागुन १० गते नेपाल एपिएफ काठमाडौं र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुने छ । त्यसको विजेताले फागुन १५ मा सेमिफाइनल प्रवेशको लागि नेपाल पुलिस क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्ने छ ।

फागुन ११ मा नव जनजागृती क्लब सिमरा र प्रभु बैंक जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले सेमिफाइनल प्रवेशको लागि फागुन १४ मा रुस्लान थ्री स्टार क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ ।

फागुन १२ मा गोर्खा ब्वाइज रुपन्देही र कोबा फुटबल क्लब क्यामरुन बीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले सेमिफाइनल प्रवेशको लागि सिएमजी संकटा काठमाडौंसँग फागुन १६ गते प्रतिस्पर्धा गर्ने छ । पहिलो सेमिफाइनल फागुन १७ र दोस्रो १८ गते हुनेछ । फाइनल फागुन २० मा हुनेछ ।

१ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले रंगशाला पुगेर प्रत्यक्ष खेल हेर्ने अनुमान गरिएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी (डिस) होमले गर्ने छ । गत संस्करणमा रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो ।

प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ । प्रतियोगिताको प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ । त्यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ रहेको छ ।


५ फागुन २०७६, सोमवार ११:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु