त्रिवेणी ज्ञान विज्ञान धार्मिक महोत्सव सम्पन्न : साढे ३२ लाख रुपैयाँ संकलन
गगन अयडी /धनगढी, ५ फागुन / बाजुराको त्रिवेणी नगरपालिकामा लागेको वडिमालिका त्रिवेणी ज्ञान विज्ञान धार्मिक महा–महोत्सव सोमबार सम्पन्न भएको छ । महोत्सव साढे ३२ लाख रुपैयाँ संकलन गदैँ सोमबार सम्पन्न भएको हो । धार्मिक महोत्सवमा संकलन भएको रकम त्रिवेणी नगरपालिका–४ मा रहेको तोली स्वास्थ्य चौकीको स्तरोन्नतिमा प्रयोग गरिने महोत्सव आयोजक समितिले बताएको छ ।
तोली स्वास्थ्य चौकीको स्तरोन्नतिका लागी कुनै क्षेत्र बाट सहयोग नभएकाले धार्मिक महा—महोत्सवको आयोजना गर्नुपरेको महोत्सव आयोजक समितिका कोषाअध्यक्ष भिम साउंदले बताए ।
महोत्सवमा संकलन भएको ३२ लाख ५० हजार रकमले ‘ स्वास्थ्य चौकीको थोरै भए पनि स्तरोन्नति हुने छ ।’ उनले भने साथै
सहयोग गर्ने दाताहरुलाई धन्यावाद समेत व्यक्त गरे ।
तोली स्वास्थ्य चौकीका ईन्चार्ज तथा धार्मिक महा—महोत्सव आयोजक समितिका संयोजक बिरबहादुर अयडीले रकम बुझ्दै स्वास्थ्य चौकीको स्तरोन्नतिमा रकम खर्च हुने कुरा बताए । तोली स्वास्थ्य चौकीलाई १५ सैयाको अस्पताल निमार्ण गरीनु का साथै एम्बुलेन्स खरिद गरिने कुरा पनि उनले बताए। स्वास्थ्य चौकीमा अत्याधुनिक प्रयोगशाला निर्माण र एक्सरे मेसिन खरिद समेत हुने छ ।’ ईन्चार्ज अयडीले भने ।
धार्मिक महोत्सवको समापन नेपाली कांग्रेस बाजुराका पुर्व साँसद देवराज जोशीले गरेका थिए । स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागी धार्मिक महोत्सव आयोजना गर्ने व्यक्तिको प्रसंसा गरे । ‘तोली स्वास्थ्य चौकीको स्तरोन्नति गर्न आवश्यक देखिएको छ’ उनले भने । ‘स्थानीयको सक्रियतामा नै ठूलो रकम संकलन भएको छ । यसको सहि सदुपयोग गर्नुस् ।’
धार्मिक महोत्सवमा प्रमुख वाचक अन्तराष्ट्रिय भागवत भुषण वाचन शिरोमणी नारायण शरण गरेका थिए । यस्तै डाक्टर योगी निर्विशेषानन्द, संगिताचार्य शिशिर साधक र भारत दक्ष मन्दिरका पुजारी आचार्य, तुलाराम दहाल रहेका थिए । त्रिवेणी नगरपालिकाका वडा नम्बर ३,४ र ५ को संयुक्तरुपमा महा—महोत्सव आयोजना गरिएको थियो ।
५ फागुन २०७६, सोमवार १७:१८ बजे प्रकाशित