थारुहट आन्दोलनमा धनगढीका नगरप्रमुखको ऐक्यवद्धता

धनगढी : लक्ष्मण थारुले थालेको आमरण अनशनमा चौथो दिन धनगढीका प्रमुख नृपबहादुर वडले ऎक्यवद्द्ता जनाएका छन् । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु बाट २४ बुँदे माग राख्दै फागुन १ गते १२ बजे देखि धनगढीमा सुरु भएको आमरण अनसनको समर्थनमा ऐक्यबद्धता जनाएका हुन ।

नेता थारुले अनसन बसेको चौथो दिन अर्थात् आइतबार साँझा अनसन स्थलमै गएर नगर प्रमुखले ऐक्यबद्धता जनाएका हुन् । उनले नेता लक्ष्मण थारुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै मोर्चाले उठान गरेको माग मुद्धाहरु जायज रहेको बताए ।

नगर प्रमुख वड विगतदेखि नै दलित समुदायको हक अधिकारकोलागि आन्दोलन गर्दै आएका हुन् । उनी हाल नेपाली काँग्रेस पार्टी भित्र पनि दलित समुदायको मुद्दालाई उठान गर्दै आएका छन् ।

‘हामी पनि आन्दोलनबाट आएका हौँ, समुदाय जुनसुकै होस्, अन्यायमा पर्दा आवाज उठाउनु पर्छ । तपाईँहरूको माग मुद्दामा मेरो पूर्ण समर्थन छ ।’ उनले भनेका छन् ।


५ फागुन २०७६, सोमवार ०७:०८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु