punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘कबड्‍डी’की मैयाँले कसिन् लगनगाँठो

Chaupati
safha napa

काठमाडौं : चलचित्र ‘कबड्डी’ को तीनवटै सिरिजमा ‘मैयाँ’ नामले आफ्नो परिचय बनाएकी कलाकार रिश्मा गुरुङ वैवाहिक बन्धनमा बाँधिएकी छन्। प्रेमी सन्दीप गुरुङसँग रिश्माकाे लगनगाँठाे कस्सिएकाे हाे।

उनको बिहेमा दुवै परिवारका सदस्यहरूको मात्र सहभागिता थियो। फिल्मकर्मी कसैकाे पनि उपस्थिति थिएन। रिश्माले ‘कबड्डी’ को दुई सिरिजमा प्रमुख भूमिका निर्वाह गरेकी थिइन्। ‘कबड्डी’ को तेस्रो सिरिजमा भने उनी सानो भूमिकामा थिइन्। उनको ठाउँमा निर्देशक रामबाबु गुरुङले अभिनेत्री उपासना सिंह ठकुरीलाई सोल्टिनीको भूमिकामा प्रस्तुत गरेका थिए। ‘कबड्डी’ पछि उनले ‘झुम्की’ मा समेत अभिनय गरेकी थिइन्। त्यस्तै उनले केही गुरुङ फिल्ममा पनि अभिनय गरेकी छन्।

वैवाहिक बन्धनमा बाँधिएसँगै उनी चलचित्र क्षेत्रबाट टाढा रहने निर्णयमा पुगेकी छन्। केही समयअघि सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा उनले धेरै कम्प्रमाइज गरेर बस्नु परेको भन्दै यो क्षेत्रबाट अलग हुनु नै उत्तम हुने बनाएकी थिइन्।


५ फागुन २०७६, सोमवार ०२:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु