कालापानीबाट फर्कियो रक्षा मन्त्रीको टोली

दार्चुला : कालापानी क्षेत्रको हेलिकप्टर बाट अवलोकन गरेर नेपाल सरकारका उपप्रधान एबं रक्षा मन्त्री इश्वर पोखरेलको टोली फर्किएको छ । सोमबार बिहान साढे ८ बजे नेपाली सेनाको दुर्गादल गुल्मको ब्यारेकबाट नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर बाट कालापानी क्षेत्रको लागी उडेको टोली विहान ९ बजे फर्किएको छ ।

उप–प्रधान एबं रक्षा मन्त्री पोखरेल सहितको टोलीमा दार्चुला जिलल्ला बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेष्शसिह ठगुन्ना, सुदुरपश्चिम प्रदेशका उप– सभामुख निर्मला बडाल जोशी, प्रदेश सभा सदस्यहरु गेल्वु सिह बोहरा र मान वहादुर धामी लगायत सुसरक्षा अधिकारी सहित १० जनाको टोली सहित व्यास क्षेत्रमा प्रस्थान गरेका छन् ।

कालापानी क्षेत्रमा अत्याधिक हिमपातका कारण हेलिकप्टर ल्यान्डीङ हुन नसके पनि हेलीकप्टर बाटै ब्यास गाउँपालिकाको वडा न १ छाङरु, तिंकर लगायत कालापानी क्षेत्रको अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी यद्धु नाथ पौड्यालले पुष्टी गरे । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ क्षेत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र रहेको छ । नेपालको व्यास गाउँपालिकाको छांगरु र तिंकरमा हिमपातका कारण ६ महिना मात्रै मानिसहरुको बसोबास हुने गरेको छ ।


५ फागुन २०७६, सोमवार ०५:४८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु