कोरोनाको आशंमा सेती अस्पतालमा भर्ना भएका युवकको स्वास्थ्य परिक्षण रिर्पोट नेगेटिभ

धनगढी : नोवेल कोरोना भाइरसबाट संक्रमीत भएको आशंका पछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका बिरामीमा कोरोनाको संक्रमण नरहेको पुष्ठि भएको छ ।

चीनबाट धनगढी फर्केर सेती अस्पातलमा निगरानीमा राखिएका बिरामिको स्वास्थ्य परिक्षण रिर्पोट सनिवार आएको हो । केहि समय अघि चीनबाट फर्किएका कैलालीका एकजना बुधवार अस्पताल भर्ना भएका थिए ।

विद्यार्थीलाई कोरोनाको आशंकामा निगरानीमा राखेर स्याम्पल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएकोमा स्वास्थ्य परिक्षणपछि रिर्पोट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालको ईमरजेन्सी विभाग प्रमुख डाक्टर जगदिश जोशीले रिर्पोट नेगेटिभ आएको बताए । उनका अनुसार अनुसार अहिले ति विरामीलाई डिस्चार्ज समेत गरिएको बताए ।


३ फागुन २०७६, शनिवार ०३:१२ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु