निर्मला पन्तका हत्यारा अब उम्किँदैनन् : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा अब उम्किन असम्भव भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले यसअघि निर्मला हत्या प्रकरणका दोषीलाई जोगाउन र पक्राउ परिसकेका व्यक्तिलाई छुटाउन र घटना बिथोल्न अनेकौँ प्रयास भएको उल्लेख गर्दै अब निर्मला हत्याका दोषी नउम्कने बताउनुभयो ।

‘निर्मला हत्याकाण्डका दोषी अब उम्कन सम्भव छैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘दोषीले अब कानुनको कठघरामा उभिनै पर्नेछ ।’ अहिले शान्तिसुरक्षाको अवस्था राम्रो रहेको दावी गर्दै प्रधानमन्त्री ओलीले सरकार छ र हामी सुरक्षित छौँ भन्ने भावना नागरिकमा विकास भएको दावी गर्नुभयो । 


३ फागुन २०७६, शनिवार ०६:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु