निर्मला हत्या प्रकरण : न्यायिक आन्दोलनका घाइतेको धर्ना स्थगित

कञ्चनपुर : बलात्कार पश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की १३ वर्षीया निर्मला पन्तको न्यायिक आन्दोलनका क्रममा भएका घाइतेहरूले उपचार खर्चको माग गर्दै थालेको धर्ना कार्यक्रम स्थगित भएको छ।

एक महिना अघिदेखि जिल्ला प्रशासन कार्याललयको गेटअगाडि थालिएको धर्ना स्थगित गरिएको हो। प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले घाइतेहरूको उपचार खर्चको व्यवस्था गर्ने अश्वासन दिएपछि धर्ना कार्यक्रम स्थगित गरिएको अधिकारर्मी सारदा चन्दले बताइन।

उनका अनुसार प्रमुख जिल्ला अधिकारी खतिवडालाई ज्ञापनपत्र बुझाई २० दिनका लागि धर्ना कार्यक्रम स्थगित गरिएको छ। आन्दोलनका क्रममा भएका घाइतेहरूको उपचारको व्यवस्था र जीविकोपार्जनका लागि व्यवस्था गर्ने अश्वासन दिइए पनि हालसम्म पूरा नहुँदा धर्नामा बस्नु परेको ज्ञापनपत्रमा उल्लेख छ।


२ फागुन २०७६, शुक्रवार ०८:०८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु