कैलालीमा टिप्परको ठक्करबाट एकको मृत्यु

कैलाली : बिपरित दिसाबाट आएको सवारीसाधन एक आपसमा ठोकिदा कैलालीमा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका ४ रामशिखरझालाका भुवन चन्दको घटना मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

गौरीगंगा नगरपालिका ६ बनभेडा स्थित पुर्वपश्चिम राजमार्गमा पुर्ववाट पश्चिमतर्फ जादै गरेको ना १ क ८८०३ नम्बरको टिप्पर र बिपरित दिशाबाट आईरहेको से ७ प ३९०७ नम्बरको मोटरसाइकल शुक्रबार बिहान एकआपसमा ठोक्किएको हो । टिप्परले ठक्कर दिएर घाइते भएका चन्दको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । ठक्कर दिने टिप्पर र चालक गडुवा गाउँपालिका ७ दाङका बिष्णु चौधरी प्रहरीको नियन्त्रणमा लिएको छ ।


२ फागुन २०७६, शुक्रवार ०८:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु