punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाभाइरस लागेको नाटक गरेर आतङ्क फैलाउने व्यक्तिलाई पाँच वर्षको जेल सजाय

Chaupati
safha napa

रुसमा एक प्य्राङ्कस्टरलाई कोरोनाभाइरसलाई लिएर गरेको प्य्राङ्क महङ्गो साबित भएको छ । युवकमाथि सार्वजनिक स्थानमा मानिसलाई दुःख दिएको र भयभित बनाएको आरोपमा पाँच वर्षको जेल तथा पाँच लाख रुबल९रुसी मुद्रा० जरिवानाको सजाय दिइएको छ ।

युवकले रेलमा गरेको प्य्राङ्क अहिले भाइरल भएको छ । युवकको भिडियो पहिलो पटक २ फेब्रुअरीमा प्य्राङ्क साइटमा आएको थियो । तथापि, अहिले साइटबाट उक्त भिडियो हटाइएको छ ।

भिडियो कहिले फिल्माङ्कन भएको हो भन्ने स्पष्ट छैन । प्रहरीले युवकलााई सोमबार पक्राउ ग¥यो र भिडियो छायाँकन गर्न सघाउने उसको साथीको खोजी भइरहेको छ ।

प्य्राङ्क भिडियोमा युवक मानिसको भिड रहेको मेट्रो रेलभित्र अचानक लडेको देखिन्छ । युवकलाई उठाउने प्रयास गर्दा उ अचानक कामेको जस्तो गर्छ र मानिस आत्तिएर भाग्छन् ।युवकका वकिलले भने उनले मानिसलाई डराउनभन्दा पनि सावधान गराउन चाहेको बताए ।

रुसमा हालसम्म दुई जना व्यक्तिमा कोरोनाभाइरस देखिएको छ । साइबेरियामा भने १४४ व्यक्तिलाई संक्रमणको आशंकामा निगरानी क्याम्पमा राखिएको छ ।


२ फागुन २०७६, शुक्रवार ०७:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु