बैतडी समाज कैलालीद्धारा धनगढीमा फागुन ३ गते बृहत रक्तदान कार्यक्रम हुने

धनगढी : बैतडी समाज कैलाली द्धारा फागुन ३ गते आयोजना हुन लागेको रक्तदान कार्यक्रमको तयारी पुरा भएको छ । स्वास्थ्य संस्थामा देखिने रगत अभावलाई ध्यानमा राख्दै बैतडी समाज कैलालीले “रक्तदान जीवन दान” भन्ने नारा सहित फागुन ३ गते शनिबार धनगढीमा चौँथो बृहत रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

रगत अभावका कारण बिरामीको उपचारमा समस्या पर्ने अवस्था पटक पटक आउने गरेकोले कुनै पनि बिरामीले अकाल मै ज्यान गुमाउन नपरोस भनेर बैतडी समाज कैलालीले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको रक्तदान कार्यक्रमका संयोजक तथा समाजका कार्य समिती सदस्य राज बहादुर चन्दले जानकारी दिनुभयो । शनिबार बिहान ९ बजे देखि रक्तदान हुने आयोजकले जनाएको छ ।

उक्त रक्तदान कार्यक्रममा सबै व्यक्तिहरुलाई रक्तदान गरि सहयोग गरिदिनु हुन समेत संयोजक चन्दले आग्रह गर्नु भएको छ । रक्तदान कार्यक्रम रातोपुलस्थित होटेल जलसाको आगनमा आयोजना हुने आयोजक बैतडी समाज कैलालीले जानकारी दिएको छ । समाजले विगतका बर्ष देखी नै विभिन्न सामाजिक क्षेत्रमा काम गर्दे आएको छ ।


२ फागुन २०७६, शुक्रवार ०६:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु