छाउपडी हटाउन त्रिवेणी नगरपालिकामा अन्तरक्रिया

धनगढी, १ फागुन
बाजुराको त्रिवेणी नगरपालिकामा सुदूरपश्चिममा व्याप्त रहेको छाउपडी हटाउन २ दिने अन्तरक्रिया सुरु भएको छ ।
नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय महिला तथा बालबालिका विभागको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको हो ।

नगरपालिकामा कसरी छाउपडी अन्त्य गर्ने भन्ने मुल विषयमा स्थानीय तहका जनप्रतिनिधी लगायत सरोकारवालाहरू विच अन्तरक्रिया कार्यक्रम गरीएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत खगेनद्र साँउदले बताए ।
कार्यक्रममा बोल्दै नगरपालिकामा सम्पूर्ण सरोकारवाला र जनप्रतिनिधिले सेनेटरी प्याड बोकेर गाँउ गाउँ गएर जनचेतना फैलाउन आवश्यक रहेको त्रिवेणी नगरपालिकाकी उप प्रमुख राधिकादेबी सुनारले वताईन् ।

छाउपडी हटाउन त्रिवेणी नगरपालिकाले पनि सचेतना अभियानलाई निरन्तरता दिईने उनले वताईन् । अव नगरपालिकाले महिनावारी भएका समयमा बस्ने घरको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ उनले कार्यक्रममा बताइन ।
अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गर्न जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक र महिला बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्रालय महिला तथा बालवालिका विभाग बाट ४ जनाको टोलि आएको त्रिवेणी नगरपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत नरेश पन्तले बताए ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधी, प्रहरी, धामीझाक्री, शिक्षिका, स्वास्थ्यकर्मी लगायत सरोकारवालाको उपस्थिती रहेको छ ।


१ फागुन २०७६, बिहीवार १७:३३ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु