#belauri nagarpalika
#belauri

कञ्चनपुरबाट विप्लवका तिन विद्यार्थी नेता पक्राउ

#belauri
#bhimdat

कञ्चनपुर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका तीन नेता कञ्चनपुरबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले क्रान्तिकारीका तीन नेता पक्राउ गरेको जनाएको छ।

सार्वजनिक शान्ति विरुद्धका क्रियाकलापमा सहभागी भएका भन्दै अखिल क्रान्तिकारी भेरी कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक वीरेन्द्र लुहारसहित ३ जनालाई नियन्त्रणमा लिएको डीएसपी रवीन्द्र पौडेलले बताए। पक्राउ पर्ने अन्यमा अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला सदस्य भरत लुहार र अर्जुन लुहार छन्।

भीमदत्त नगरपालिका–१५ गोबरिया बस्ने उनीहरुलाई कटानबाट प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका तीनै जनाविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान भइरहेको डीएसपी पौडेल बताए।


१ फागुन २०७६, बिहीवार १३:०६ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु