दार्चुलाको चमेलिया नदीमा विद्यार्थी मृत भेटिए

दार्चुला : जिल्लाको मार्मा गाउँपालिका वडा न –३ मा पर्ने चमेलिया नदी किनारमा एक विद्यार्थी मृत अवस्थामा बिहीबार फेला परेका छन् । मार्मा गाउँपालिकाको लटिनाथ माध्यमिक विद्यालय रस्कोटमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीय अनिल टमटा मृत भेटिएका हुन ।

उनी भिरबाट चिप्लेर चौलानी नदीमा खसेर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शवलाई नदी किनारबाट निकालेर पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरी निरिक्षक कमल बिष्टले जानकारी दिए ।


२ फागुन २०७६, शुक्रवार ०१:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु