घरमा लेन्टरको काम गरिरहेका कामदारको करेन्ट लागेर मृत्यु

धनगढी: घरमा लेन्टरको काम गरिरहेका कामदारको करेन्ट लागेर मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १५ बसन्त टोलमा घर निर्माण गरिरहेका सोही ठाउँका २२ वर्षिय विछोड चौधरीको सरिया तान्ने क्रममा सरियाले विजुलीको तार छुदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एवं प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले करेन्ट लागेका चौधरीलाई उपचारका लागि धनगढी स्थित सेती प्रादेशकि अस्पताल ल्याउदै गर्दा उनको बाटोमा नै मृत्यु भएको बताए ।


१ फागुन २०७६, बिहीवार १२:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु