punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मेयर कप फुटबल प्रतियोगिता : आयोजक पुर्नवास पुर्नवास नगरपालिका निलो फाईनलमा

Chaupati
safha napa

पुनर्वास : आयोजक पुर्नवास नगरपालिका निलो कञ्चनपुरको पुनर्वासमा भईरहेको प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

पुनर्वास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भईरहेको प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिता २०७६ को विहीवार भएको पहिलो सेमिफाईनलमा छिमेकी टोली वेलौरी नगरपालिकालाई हराउँदै आयोजक पुर्नवास नगरपालिका फाईनल पुगेको हो ।

पुर्नवास नगरपालिका वडा नम्बर ३ स्थित ६५ विगाहको खेल मैदानमा विहीवार भएको पहिलो सेमिफाईनल खेलमा पुर्नवास नगरपालिका निलोले वेलौरी नगरपालिकालाई ३–१ के गोल अन्तरले हरायो । पुर्नवासले पहिलो हाफको १८ औं मिनेटमा खेलमा अग्रता लियो ।

घरेलु मैदानमा घरेलु दर्शकको साथ पाएको पुर्नवासका लागि विशाल वोहोराले हेडबाट गोल गरे । पहिलो हाफमा १–० को अग्रता बनाएको आयोजक टोलीले दोस्रो हाफमा थप दुई गोल थप्यो ।

दोस्रो हाफको ८ औं मिनेटमा पुर्नवासका लागि विशाल वोहोराले व्यक्तीगत दोस्रो गोल थपे । दोस्रो हाफकै १८ औं मिनेटमा सुदिप तामाङले पुर्नवासका लागि गोल गर्दै आयोजक टीमलाई ३–० को स्थितिमा पुराए । दोस्रो हाफको २६ औं मिनेटमा वेलौरीले एक गोल फर्कायो ।

वेलौरीका लागि  दिपेन्द्र शाहीले गोल गर्दै गोल अन्तर घटाए । खेलको अन्त्यतिर वेलौरीले खेलमा फर्किन धेरै प्रयास गरेपनि गोल गर्न नसकेपछि घरेलु टोली ३–१ को जित दर्ता गर्दै फाईनल पुगेको हो । खेलमा दुई गोल गरेका पुर्नवास निलोका विशाल वोहोरा म्यान अफ द म्याच भए । उनले नगद दुई हजार प्राप्त गरे । 

फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको शुक्रवार दोस्रो सेमिफाइृनल खेल हुनेछ । दोस्रो सेमिफाइृनलमा गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिका प्रतिस्पर्धा गर्ने प्रतियोगिताका मिडिया संयोजक भरत वोहोराले जानकारी दिनुभयो ।

दोस्रो सेमिफाईनलको विजेताले आयोजक पुर्नवास नगरपालिका निलोसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमले दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले जानकारी दिनुभयो ।

त्यस्तै, म्यान अफ दि म्याचलाई दुई हजार नगद, बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद तथा बेस्ट किपर, राइजिङ प्लेयर र बेस्ट डिफेन्सलाई पाँच हजारका दरले पुरस्कृत गरिने छ ।

प्रतियोगितामा कैलाली कञ्चनपुर र वर्दियाका गरी १२ वटा स्थानीय तहका टीमहरुले सहभागीता जनाएका थिए । सहभागी १२ टीमलाई दुई समुहमा विभाजन गरेर नकआउटका आधारमा प्रतियोगिता सञ्चालन भईरहेको प्रतियोगिताका संयोजक खडक विक्रम थापाले जानकारी दिनुभयो । 


१ फागुन २०७६, बिहीवार १२:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु