कञ्चनपुरमा दुई अटो ठोकिदा ५ जना घाइते

महेन्द्रनगर : पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत भीमदत्त नगरपालिका–१० सुकासालमा यात्रु सवार दुई अटो एकआपसमा ठोकिदा ५ जना घाइते भएका छन्।

बिहीवार दिउँसो महेन्द्रनगरदेखि गड्डाचौकीतर्फ गइरहेको म १ ह ७५० नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको म १ ह ७५५ नम्बरको अटो एक आपसमा ठोकिएको सुकासाल प्रहरी बिटका असई डम्बरबहादुर चन्दले बताए।

म१ह ७५५ नम्बरको अटोमा सवार यात्रु र चालक गरी ५ जना घाइते भएको असई चन्दले बताए। उनका अनुसार घाइतेहरुको महाकाली अस्पतालमा उपचार भइरहेको छ।


१ फागुन २०७६, बिहीवार १३:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु