punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकल महिला शर्मिला थापा अमेरिकाको माउन्ट डेनाली आरोहण गर्दै

Chaupati
safha napa

न्युुुुुुयोर्क : नेपाली महिला शर्मिला थापा मगरले अमेरिकास्थित माउन्ट डेनाली आरोहण गर्ने भएकी छन् । न्यूयोर्कको ज्याक्सनहाइटमा पत्रकार सम्मेलन गरी उनले आगमी मे ९ तारिखमा माउन्ट डेनाली आरोहण गर्ने जानकारी दिएकी हुन् ।

पत्रकारहरुसंग कुरा गर्दै थापाले माउन्ट डेनाली आरोहणका लागि अनुमति पत्रसमेत लिइसकेको जानकारी दिइन् । आरोहणमा आफूसंगै देश विदेशका विभिन्न हिमाल ३५ पटक आरोहण गरेका इन्टरनेशनल माउन्टेन गाइड तुलसी गुरुङ जाने उनले बताइन् ।

एकल महिलाले पनि चाहेको खण्डमा जुनसुकै काम गर्न सक्छन् भन्ने प्रमाणित गर्न र एकल महिलाको आत्मविश्वास बढाउनको लागि आफूले माउन्ट डेनाली आरोहण गर्न लागेको थापाले बताइन् ।

भिजिट नेपाल २०२० को अवसर पारेर गर्न लागेको माउन्ट डेनाली आरोहणले भ्रमण वर्ष २०२० प्रचार प्रसारमा सहयोग पुग्ने शर्मिलाको भनाइ छ । माउन्ट डेनालीमा नेपालको झन्डा र भिजिट नेपाल २०२० को झन्डा फहराउने योजना रहेको उनले बताइन् । उनले भनिन्, ‘मेरो यो अभियानमा नेपाल सरकार, एनआरएनए र अमेरिकास्थित विभिन्न सङ्घ संस्थाका पदाधिकारी र नेपाली समुदाय सकारात्मक हुनुहुन्छ ।’

समिदा वुमन डेभलपमेन्ट फोरम नामक संस्था स्थापना गरी घरेलु हिंसा पीडित एकल महिलाका लागि काम गर्दै आएकी शर्मिलाले सन् २०१५ मा युएनडीपीले प्रदान गर्ने एनपिस अवार्ड प्राप्त गरेकी थिइन् । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कका उनले यो अवार्ड प्राप्त गरेकी थिइन् । यसअघि शर्मिलाले सन् २०१९ अप्रिल १० मा ६ हजार ५ सय ५१ मिटर अग्लो भर्जिन पिक माउन्ट ग्याल्जेन आरोहण गरेकी थिइन् ।


१ फागुन २०७६, बिहीवार १०:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु