लालझाडीमा माेटरसाईकल दुर्घटना हुँदा एककाे मृत्यु

कञ्चनपुर : कञ्चनपुरको लालझाडीमा बस र मोटरसाइकल ठोक्किदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । विहिबार लालझाडी गाँउपालिका वडां नम्बर ६ चान्देव बजार नजिककै बस र मोटरसाइकल ठोक्किदा ढक्का शिविर बस्ने अन्दाजी ४५ बर्षिय पदम चौधरीको घटनास्थलमै मृत्यु भएको स्थानिय नरेश रानाले जानकारी दिनुभयो ।

कंचनपुरको बेलौरीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८७१९ नम्बरको बसमा म १ प १७६४ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

बिहान ७ बजेतिर भएको दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी प्रमुख रण बहादुर चन्दले बताउनुभयो । बस चालक लक्ष्मण सापकोटा र बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।


१ फागुन २०७६, बिहीवार ०७:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु