खुल्ला दिसामुक्त घोषणा कागजमा मात्र सिमित

महेन्द्रनगर :कञ्चनपुर जिल्ला लाई खुल्ला दिसामुक्त घोषणा गरिएपनि खुल्ला दिसाको समस्या निर्मुल हुन सकेको छैन । जिल्लालाई २०७४ सालमा नै खुल्ला दिसामुक्त गरिएको भएपनि सदरमुकाम छेउछाउमै खुल्ला दिसापिसाब भैरहेको छ ।

खुल्ला दिसामुक्त घोषणा भएको दुई वर्ष पछि सम्म आइपुग्दा भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजार क्षेत्र वरिपरिनै खुल्ला रुपमै दिसापिसाव गर्ने भइरहदा समेत सम्बन्धीत निकाय मौन छ । भीमदत्त नगरपालिकाको बजार क्षेत्रभित्र सात ओटा सार्वजनिक शौचालय निमार्ण भएपनि प्रयोगमा आएका छैनन ।

सार्वजनीक शौचालय प्रयोगमा नआउँदा यात्रु तथा आगन्तु अतिथिहरु मार्कामा पर्ने गरेका छन ।महेन्द्रनगर बजार आउजाउ गर्नेहरु यहाँको सुलामञ्चमा सुल्ला रुपमा दिसापिसाब गर्ने गरेका छन । जसका कारण महेन्द्रनगर बजार दु्रगन्धीत बनेको छ ।

महेन्द्रनगरको मुटुमै रहेको खुल्लामञ्चमा खुल्ला रुपमा दिसापिसाप हुदाँ खुलामञ्चको स्वामित्व रहेको भीमदत्तनगरपालिका मौन छ । महेन्द्रनगर बजार क्षेत्रका ७ ओटा सार्वजनिक चर्पी भएपनि सञ्चालनमा ५ ओटा मात्र सञ्चालन भएको अवस्था छ ।

सञ्चालन भएका चर्पीमा पनि नियमित तरिकाले सरसफाई नहुने हुदाँ सर्वसाधारणले चर्पी प्रयोग गर्न छोडेका हुन । यता खेलकुद प्रयोजनका लागी छुट्याइएको खुल्ला मञ्चमा समेत दिनहुँ हिन्ने गरेका सर्वसाधारण तथा स्थानियले खुल्ला रुपमै दिसापिसाब गर्ने गरेका छन् । सो खुल्लामञ्चमा विभिन्न प्रयोजनका कार्यक्रमका दिनहरुमा मात्र व्यवस्थापन गर्ने गरिन्छ ।


२९ माघ २०७६, बुधवार ०८:३९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु