बाजुुरामा बेपत्ता युवक मृत भेटिए

बाजुुरा : बाजुुराको बडीमालिका नगरपालिका –८मा पर्ने चल्यासैनका डाडाँको लेकमा एक जना युवक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताए । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका–१ काँडा घरभएका अन्दाजी ४५ वर्षीय गोरे वि.क. रहेको प्रहरी निरिक्षक दान बहादुर रोकायाले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार मानसिक रुपमा असन्तुलन भएकाले हिडेर जार्दै गर्दा हिउँको चिसोले मृत्यु भएको हुन सक्ने बताएका छन् । हुम्लाबाट जडीबुडी संकलन गर्न आएका जडीबुटी संकलर्क ठेकेदारहरुले भेटाएपछि प्रहरी खवर भएको हो । खवर पाएपछि मंगलबार विहान प्रहरी टोली घटनास्थलबाट ल्याइएको प्रहरी निरिक्षक रोकायाले बताए ।घटनास्थलबाट शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएको छ ।


२९ माघ २०७६, बुधवार ०६:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु