वडामै स्वास्थ्य इकाइ स्थापना भएपछि डोटीका स्थानीय लाभान्वित

डोटी : डोटीको आदर्श गाउँपालिका वडा नं. २ साउनकाँडामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएपछि स्थानीयबासीलाई स्वास्थ्य सेवा लिन सहज भएको छ ।

स्वास्थ्य क्षेत्रमा पहिचान बनाएको डोटीको गैरसरकारी सँस्था समान पहुँच विकास केन्द्र (सिड) नेपाल र वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा साउँनकाँडामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएपछि स्थानीयलाई स्वास्थ्य उपचारमा सहजता आएको हो ।
आर्थिक वर्ष २०७५/७६ मा रु.१८ लाखको लागतमा निर्धारित सरकारी मापदण्ड अनुसारको भवन निर्माण गरिएको सिड नेपाल डोटीका अध्यक्ष शेर बहादुर मल्लले जानकारी दिए ।

गाउँमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना हुँदा झण्डै २ घण्टा उकालो चढेर स्वास्थ्य उपचार सेवा लिनुपर्ने स्थानीयको बाध्यता अब सहज भएको सामुदायिक स्वास्थ्य इकाइ प्रमूख एवं अहेव भीम बहादुर साउँदले बताए ।


२६ माघ २०७६, आइतवार ११:३६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु