नगर–प्रमुख साउँदको अक्ष्यकोषबाट बिद्यार्थीलाई पोषाक बितरण

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर सााउँदको ब्यक्तिगत सहयोगमा बिद्यालयमा स्थापना गरीएको अक्ष्यकोषको ब्याज रकमवाट बिद्यार्थीलाई पोषाक बितरण गरीएको छ ।

परशुराम १२ तुलाभाडी स्थित शैलेश्वरी माद्यमिक बिद्यालयमा नगर प्रमुख साउँदले गतबर्ष ने १ लाखको अक्ष्यकोश स्थापना गरेका थिए ।बिद्यालयले आफ्नो ३२औ बार्षिकोत्सब तथा अभिवाबक दिवसको अवसरमा बिद्यार्थीलाई पोषाक बितरण गरेको हो ।

विद्यालयमा अध्ययनरत जेहेन्दार , अतिबिपन्न, अनाथ र टुहुरा विद्यार्थीलाई प्रोत्साहन स्वरुप समावेशी आधारमा बिद्यालयको र्निणय अनुसार छात्रबृति प्रदान गर्ने निर्देशन अनुसार पोशाक वितरण गरीएको प्रधानाध्यापक नरेश बहादुर बिष्टले बताउनुभयो ।


२६ माघ २०७६, आइतवार ११:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु