कोरोना भाइरस रोकथामका लागि सुदूरपश्चिम प्रदेशमा सर्तकता
धनगढी : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले चीनमा फैलिएको कोरोना भाईरसको संक्रमण हुन नदिन आवश्यक तयारी थालेको छ।
नोवेल कोरोना भाइरसको रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले पनिसतर्कता अपनाएको छ ।
प्रदेशमा भाइरसको संक्रमण फैलन नदिन मन्त्रालयल र स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी सिमा नाकाहरूमा हेल्थ डेस्क सञ्चालन गर्न पनि तयार गरेको छ ।
मन्त्री सुवेदीले मुख्यमन्त्रीलाई प्रदेशका सरकारी अस्पतालहरूमा तयारी योजना र प्रतिकार्य टोलीको व्यवस्था, उच्च सर्तकता तथा जनचेतनामूलक कार्यक्रमबारे मन्त्रीस्तरीय नीतिगत निर्णयका बारेमा पनि जानकारी गराएको छ ।यस्तै धनगढी विमानस्थलमा यात्रुहरुलाई लक्षित गर्दै हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ।
कोरोना भाईरसलाई लक्षित गरी धनगढी विमानस्थलमा हेल्थ डेस्क स्थापना गर्ने, सेती प्रादेशिक अस्पताल, महाकाली र टीकापुर अस्पतालमा चेकजाँचका लागि छुट्टै वार्ड स्थापना गर्ने तयारीका बारेमा जानकारी गराएको छ ।
२६ माघ २०७६, आइतवार ०७:०३ बजे प्रकाशित