एम्बुलेन्समा चित्तल तस्करी

धनगढी : दार्चुला जिल्लाको गोकुलेश्वरमा एक एम्बुलेन्समा चित्तल तस्करी गर्दै गरेको अवस्थामा चालकलाई पक्राउ गरेको छ । सामाजिक विकास मन्त्रालयले बाँडेको एम्बुलेन्स चित्तल तस्करी गरिरहेको अवस्थामा प्रहरीले दार्चुलाको गोकुलेश्वर बजारबाट आईतवार बिहान करीव पौने १ बजे नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले बैतडीको डिलासैनी गाउँपालिकाको मातहतमा रहेको सुदूरपश्चिम प्रदेश ०१–००१झ ३२४ नम्बरको एम्बुलेन्स चित्तल तस्करी गरिएको अवस्थामा नियन्त्रणमा लिएको हो ।

कञ्चनपुरको महेन्द्रनगरबाट फर्किदै गरेको एम्बुलेन्समा गोकुलेश्वरमा प्रहरीले जाँच गर्ने क्रममा मृत चित्तल फेला परेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरिक्षक खगेन्द्र साँउदले बताए ।


२६ माघ २०७६, आइतवार १०:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु