धनगढी विमानस्थलको स्तरोन्नतिका लागि बीस बर्षे गुरुयोजना :मन्त्री भट्टराई 

धनगढी  : संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि सरकारले २० वर्षे  गुरुयोजना बनाएको बताए । धनगढीमा आज आयोजना गरिएको विमानस्थल गुरुयोजना प्रस्तुतीकरण कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले उक्त कुरा बताएका  हुन ।

मन्त्री भट्टराईले धनगढी विमानस्थल विस्तारसंगै बन्द रहेका मझगाउँ र टीकापुरका विमानस्थल  पनि सञ्चालनमा ल्याउँने प्रतिवद्धता व्यक्त गरेका छन्।  कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले विस्तारसंगै बन्द अवस्थामा रहेका विमानस्थल सञ्चालनका लागि  पनि सरकार प्रतिवद्ध रहेको बताएका हुन्। धनगढी विमानस्थल  सुदूरपश्चिमको आर्थिक एवंम पर्यटकीय विकाससंग जोडिएकाले त्यसको स्तरोन्नतिका लागि सरकारले काम गरिरहेको उनले  बताए ।

विमानस्थल स्तरोन्नतीका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण लगायतका प्रक्रिया छिट्टै थालिने मन्त्री भट्टराईले जानकारी दिए। यस्तै लामो समयदेखि बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाउँ र कैलालीको टीकापुर विमानस्थल पुनः सञ्चालनका लागि पहल भईरहेको पनि मन्त्री भट्टराईले कार्यक्रममा बताए ।


२५ माघ २०७६, शनिवार ११:२७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु