पाचौँ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको फाईनल आज

धनगढी : पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको फाईनलमा आज हुने भएको छ । शुक्रवार भएको दोस्रो सेमिफाईनलमा पिएफए अत्तरियालाई ३–२ ले हराउँदै सुदुरपश्चिम–११ फाईनल पुगेको हो ।

उपाधिका लागि सुदुरपश्चिम–११ ले स्टार सिटी युवा क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । यसअघि विहीवार भएको पहिलो सेमिफाईनलमा स्टार सिटीले मनकामना युवा क्लबलाई ३–२ ले हराएको थियो ।  झण्डै नौ लाख नगद धनराशीको प्रतियोगिता माघ १७ गतेदखि सुरु भएर माघ २५ अर्थात शनिवार सकिदै छ ।

धनगढी रंगशालामा दिउँसो दुई बजे फाईनल खेल भएसँगै प्रतियोगिता सकिनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार ६ सय नगद पाउनेछन ।

प्रतियोगिताको पाँचौं संस्करणको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहेको छ । प्रतियोगिताको सह–प्रायोजकको रुपमा एडभेन्चर वेष्ट होलिडेज र टिकट प्रायोजकको रुपमा एक्सप्रेस अटो केयर रहेको छ ।


२५ माघ २०७६, शनिवार ०१:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु