माया बिकको मुद्दामा चार जनालाई जन्मकैदको सजाय

धनगढी : बलात्कार गरी हत्या गरिएकी कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ११ की माया बिकको मुद्दामा चार जनालाई जन्मकैद सजाय भएको छ ।

बलात्कारपछि हत्या गरिएको मुद्दामा गणेश बडुवाल, मनोज बोगटी, सुरज चौधरी र भुवन खातीलाइ कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको अदालतका तहसिल्दार नरबहादुर नेगीले जानकारी दिए ।

अदालतले जबर्जस्ती करणी मुद्दामा सुरज चौधरी र भुवन खाती दोषी ठहर गरेको छ । उनीहरु दुबै जना कर्तव्य ज्यानमा पनि दोषी ठहर भएका छन । जबर्जस्ती करणीमा दोषी देखिएकाहरुको मुद्दाको फैसला आगामी फागुन १२ गते हुने पेसीले तोक्ने नेगीले बताए । यस्तै घटनामा संलग्न नभएको तर प्रत्यक्ष देखेको भन्दै तपेन्द्र बोगटीलाई मुलुकी ऐनको ज्यान सम्बन्धि महलको १७(२) को कसुरमा छ वर्ष कैदको फैसला भएको अदालतले जनाएको छ ।


२३ माघ २०७६, बिहीवार ०१:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु