फारवेष्ट पशुपति कप : मनकामना युवा कल्ब र सुप११ सेमिफाइनलमा

धनगढी :  झण्डै नौ लाख नगद धनराशीको पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता अन्तर्गत वुधवार क्वाटर फाईनलका दुई खेलहरु भएका छन् । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढी रंगशालामा भईरहेको पाचौं संस्करणको हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता २०७६ अन्तर्गत वुधवार भएका क्वाटर फाईनलमा जित हात पार्दै मनकामना युवा क्लब र सुप ११ स्पोर्टस क्लव सेमिफाईनलमा प्रवेश गरेका छन् । यो सँगै क्वाटरफाईनल समिकरण पुरा भएको छ ।

वुधवारको पहिलो खेलमा मनकामना युवा क्लबले नेपालगंज ११ लाई ३–२ को अन्तरले हरायो । मनकामनाका लागि पहिलो हाफको ११ औं मिनेटमा सुरेश खत्री, पहिलो हाफको ३३ औं मिनेटमा आशिष श्रेष्ठ र सनिष तुसाजले एक एक गोल गरे । नेपालगंज ११ का लागि विदेशी खेलाडी जा कोप र फगुईले एक एक गोल फर्काए ।

वुधवारको दोस्रो खेलमा सुदुरपश्चिम ११ ले न्यु दुर्गा युवा क्लबलाई ३–० ले हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको २३ औं मिनेटमा र दोस्रो हाफको ७ औं मिनेटमा विदेशी खेलाडी रोमियाले दुई गोल गरे भने दोस्रो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा माधव भण्डारीले एक गोल गरे ।

प्रतियोगिता अन्तर्गत विहीवार सेमिफाईनलका खेल सुरु हुनेछन् । पहिलो सेमिफाईनलमास्टार सिटी युवा क्लब र मनकामना युवा क्लबले प्रतिस्पर्धा गर्नेछ । शुक्रवारको दोस्रो सेमिफाईनलमा सुदुरपश्चिम–११ स्पोर्टस क्लब र पिएफए अत्तरिया बीच प्रतिस्पर्धा हुनेछ ।
माघ २५ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार ६ सय नगद पाउनेछन ।

प्रतियोगिताको पाँचौं संस्करणको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहेको छ । प्रतियोगिताको सह–प्रायोजकको रुपमा एडभेन्चर वेष्ट होलिडेज र टिकट प्रायोजकको रुपमा एक्सप्रेस अटो केयर रहेको छ । फारवेष्ट पशुपति युवा क्लब छैँटौ राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लब हो । उनीहरुले विगत पाँच वर्षदेखि आफू नखेलेर सुदूरपश्चिममा ऐकेडेमी स्थापना गर्ने उद्देश्यले फारवेष्ट पशुपति कपको आयोजना गर्दै आएका छन् ।


२२ माघ २०७६, बुधवार १३:४९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु