बाल क्लबको सक्रियताले दार्चुलामा रोकियो बिबाह

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिकामा एक १५ वर्षीय वालिकाको उमेर नपुगी हुन थालेको विवाह रोक्न बाल क्लबले सकृयता बढाए पछि रोकिएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ शंकरपुर स्थित शंकरपुर वाल क्लबले उमेर नपुगि गर्न लागिएको विवाह रोक्न भनी मालिकार्जुन गाउँपालिकालाई निवेदन पेश गर्दा उक्त विवाह रोकिएको हो ।

मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ एक्लेखाली बस्ने रामसिंह धामी र हरीना धामीकी १५ वर्षीया छोरी र महाकाली नगरपालिका वडा नम्बर ९ सकारका एक किशोर बिच हुन लागेको बालबिबाहलाई रोकेको हो ।

उनीहरुको विवाह माघ महिना भित्रै हुने जानकारीमा आएको थियोे । आइतवार गाउँपालिकाले बालिकाका अभिभावकलाई बोलाई सम्झाइ बुझाई गरि उक्त विवाह रोकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जय सिंह धामीले जानकारी दिए ।मालिकार्जुन गाउँपालिकाले बालविवाह अन्यका लागि स्थानिय रणनीति २०७६ समेत तयार पारी लागु गरेको छ ।


१६ माघ २०७६, बिहीवार ०९:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु