कैलालीकी प्रतिभासँग क्रिकेटर सोमपालको बिहे

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले विवाह गरेका छन् । कैलालीकी प्रतिभा घिमिरेसँग क्रिकेटर सोमपालले लगनगाँठो कसेका हुन् ।

दुई परिवार र सीमित साथीभाइबीच सोमपाल र प्रतिभाले विवाह गरेका हुन् । उनीहरूले विगत ४ वर्षयता प्रेमसम्बन्धमा थिए ।नव–विवाहित दम्पतीलाई पूर्वकप्तान तथा राष्ट्रिय क्रिकेट खेलाडी पारस खड्काले शुभकामना दिएका छन् । उनले फेसबुकमा विवाहको फोटो पोस्ट गर्दै दुवैलाई शुभकामना दिएका छन् ।


१६ माघ २०७६, बिहीवार ०७:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु