बिबिसीको समाचार शाखाका ४५० जनाले गुमाए जागिर

बेलायती प्रसारण संस्था बिबिसीका ४५० जनाको रोजगारी गुमेको छ।खर्च कटौती गर्ने योजना र स्रोत तथा दर्शकहरुको आवश्यकता बदलिएको भन्दै बिबिसीले उनीहरुलाई अवकास दिइएको जनाएको छ।

बिबिसीले बुधबार गरेको घोषणा अनुसार लामो अनुसन्धान र छलफलपछि कर्मचारी कटौती गर्ने अप्रिय निर्णय गर्नु परेको हो।’बिबिसीले आफ्ना दर्शक तथा स्रोताको नयाँ चाहना र आवश्यकताका कारण नयाँ चुनौती सामना गर्नु परेको छ, त्यही अनुसार हामीले पनि नयाँ कदमहरु चाल्न थालेका छौँ,’ बीबीसीका समाचार तथा समसामयिक मामिला प्रमुख फ्रान अनस्वार्थले भने।


१६ माघ २०७६, बिहीवार ०३:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु