कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ७० पुग्यो

चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बुधबार १ सय ७० पुगेको छ । यसका साथै कोरोना भाइरसका १ हजार ७ सय नयाँ व्यक्ति संक्रमित भएको पुष्टि भएको छ ।

नयाँ आँकडा सार्वजनिक भएपछि संसारभरी कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ७ हजार ७ सय ११ पुगिसकेको छ भने संदिग्धको संख्या १२ हजार १ सय ६७ बताइएको छ ।डाक्टरका अनुसार संक्रमित व्यक्तिमधये हरेक पाँचमध्ये एक व्यक्तिमा गम्भीर निमोनियाका लक्षण देखिएको छ ।


१६ माघ २०७६, बिहीवार ०३:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु