punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चीनमा अस्पताल पाँच दिनमै तयार

Chaupati
safha napa

चीनमा कोरोना भाइरस महामारीका रुपमा फैलिएपछि गत बिहीबार १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । चिनियाँ अधिकारीहरुले यसअघि सात दिनमा अस्पताल निर्माण गरेको रेकर्ड भए पनि यसपटक छ दिनमै सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नयाँ अस्पतालमा कोरोनाका बिरामीहरुका लागि विशेष उपचार गर्ने बताइएको थियो । तर, चीनले पाँच दिनमै उक्त अस्पताल तयार गर्‍यो । जुन अस्पतालको मंगलबारदेखि सञ्‍चालनमा ल्याएको छ ।

चीनले कोरोना भाइरसका बिरामीलाई उपचार गर्ने हजार शय्याको अस्पताल मंगलबार रातिदेखि सञ्‍चालनमा ल्याइएको हो । एकदिनमै भवन ठड्याइएको र कामदार तथा स्वयंसेवकहरुले निरन्तर ४८ घण्टा खटिएर सुविधा सम्पन्‍न अस्पतालमा रुपान्तरण गरेको डेलिमेलले जनाएको छ ।


१५ माघ २०७६, बुधवार ११:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु