भरुवा बन्दुकसहित एकजना पक्राउ

डडेल्धुरा : डडेल्धुरामा अवैध हतियारसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिका ३ का ५४ वर्षीय नरसिंह नायक रहेका छन्।

परशुराम नगरपालिका ३ द्वारीवन जंगलबाट प्रहरीको टोलीले अवैध भरूवा बन्दुकसहित नायकलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। प्रहरीले नायकको साथबाट एक नाले भरुवा बन्दुक एक थान, चक्कु एक थान, धातुको गोली १६ थान, धातुको छर्रा नौ थान, केप नौ थान, केप बनाउन प्रयोग गरिने पाता ६ थान, बारुद एक बट्टासमेत बरामद गरेको छ।


१५ माघ २०७६, बुधवार १४:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु