धनगढीमा वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचौकस्थित तिलक अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा १६ जना जुवाडे २२ लाख २२ हजार रुपैया सहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतको नेतृत्वको टोलीले राति १० बजे अधिकारीको घरमा छापा मार्दा १६ जना जुवाडे र उनीहरुबाट २२ लाख ८२ हजार रुपैया बरामद गरेको हो ।
लामो समयदेखि अधिकारीको घरमा जुवा खेलाईरहेको सूचना पाएको प्रहरीले राति अचानक छापा मार्दा जुवाडेहरुले भाग्ने मौका पनि पाएनन ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१० का २८ वर्षीय रबिन्द्र शाही गुड्डु सहित १६ जना रहेका छन् । शाही गोदावरी नगरपालिका वडा अध्यक्ष हुन् । त्यस्तै अन्य पक्राउ पर्नेमा गोदावरी नगरपालिका– १० का २८ वर्षीय सन्देश तामाङ्, वडा नम्बर ३ का ३८ वर्षीय मोहन खड्का, कञ्चनपुर भीमदत्त नगरपालिका–३ का ३४ वर्षीय धिरेन्द्र चन्द, वेलौरी नगरपालिका– १ का ३४ वर्षीय भुवन कुवरजिल्ला कैलालीको धनगढी उप महानगर पालिका–३ मिलचौकका ३८ वर्षीय को तिलक अधिकारी, ३७ वर्षीय चन्द्र मणि अधिकारी वडा नम्बर १३ का ३४ वर्षीय रमेश खड्का, वडा नम्बर ४ का ३५ वर्षीय खेम राज भट्ट, वडा नम्बर २ का ४१ वर्षीय जनक दौल्याल, बैतडी दशरथ चन्द नगरपालिका– ८ का ३१ वर्षीय अमित गुरु, दशरथ चन्द न.पा. वडा नम्बर ४ का ३० वर्षीय को सुर्य भट्ट, पुर्चौडी नगरपालिका– ८ का ५० वर्षीय कालु सिंह धामी, बझाङ जयपृथ्बी नगरपालिका–१० का ३५ वर्षीय प्रेम बहादुर सिंह, दार्चुला नौगाड गाउँपालिका– ४ का ३३ वर्षीय जय सिंह धामी, महाकाली नगरपालिका– ४ का ३८ वर्षीय मंगल ठगुन्ना रहेका छन् ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।


१३ माघ २०७६, सोमवार ०५:४८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु