धनगढीको जुगेडामा सोनाम ल्होछार पर्व धुमधामका साथ मनाईयो

धनगढी : नेपाल तामाङ घेदुङ कैलालीले धनगढी उप–महानगरपालिका १२ मा तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होछार कार्यक्रम आयोजना गरेको छ ।
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । कैलाली जिल्लामा भएका तामाङ समुदायले भब्य सोनाम ल्होछार कार्यक्रम गरेका छन् ।

सोनाम ल्होछार कार्यक्रमको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दे नगरप्रमुख वडले तामाङ जाती नेपालको कर्मबिर जाती भएको बताए । जअहिले पनि जनजाती समुदायका राज्य ब्यबस्था र सरकार संग असन्तुष्ठी रहेका देखिन्छन् दुई तिहाईको सरकारले छलफलका माध्यमबाट असन्तुष्टी सम्बोधन गर्नुपर्छ । त्यसका लागि आफ्नो तहबाट सहयोग र समन्वय गर्न तयार रहेको नगरप्रमुख वडले बताए ।


११ माघ २०७६, शनिवार १४:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु